+
+

राष्ट्र बैंकमा कार्यकारी निर्देशक भट्ट र ढकालको जिम्मेवारी हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १९:३८
डा. गुणाकर भट्ट र देवकुमार ढकाल ।

६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक देवकुमार ढकालको बैंक सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ । नियमन विभागमा भने सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टको सरुवा गरिएको छ ।

बैंक सुपरिवेक्षण विभागले ‘क’ वर्गका बैंकहरुको मात्रै सुपरीवेक्षण गर्छ भने नियमन विभागलाई क, ख, ग र घ चारै वर्गका बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार तोकिएको छ ।

सुपरिवेक्षण विभागबाट नियमनमा पुगेका भट्ट राष्ट्र बैंकका प्रवक्ता समेत हुन् भने नियमनबाट सुपरीवेक्ष्ण पुगेका ढकाल पूर्व प्रवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?