+
+

एमाले निकट चार संगठनको जिल्ला अधिवेशन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते २०:२४

६ चैत, डोटी । नेकपा एमाले निकट चार संगठनहरु नेपाल बुद्धिजिवी परिषद्, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वबियु) र अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन सम्पन्न भएका छन् । चारवटै संगठनमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

नेकपा एमाले डोटी जिल्ला कमिटी सचिव शेरवहादुर मल्लले दिएको जानकारी अनुसार आईतवार सम्पन्न अखिल नेपाल महिला संघ डोटीको पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

मिटीको अध्यक्षमा सशी सोव, उपाध्यक्षमा लक्ष्मी मल्ल र सिता बिक, सचिवमा जानकी भट्ट, सहसचिवमा भगवती बम र कोषाध्यक्षमा अम्विका राई चयन भएका छन् । अधिवेशनले ४६ सदस्यीय कमिटी चयन गरेको समेत मल्लले जानकारी दिए ।

शनिवार अवेर राति सम्पन्न भएको अनेरास्वबियु डोटीको १४औं जिल्ला अधिवेशनबाट वीरवहादुर बिष्टको नेतृत्वमा ३३ सदस्यीय कमिटी चयन भएको छ । अधिवेशनबाट कमिटीको उपाध्यक्ष नबराज जोशी, सचिव लक्ष्मण बोहरा, सहसचिव राधा बोहरा र मेख भण्डारी र कोषाध्यक्ष सागर नागरी चयन भएका छन् ।

शनिवारै सम्पन्न भएको एमाले निटक बुद्धिजिवी परिषद्को नबौं जिल्ला अधिवेशनले कृष्ण मलासीको नेतृत्वमा १३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कल्पना कुमारी मडै, सचिव रामचन्द्र धामी, सह–सचिव राम बहादुर बोहरा, कोषाध्यक्ष सीता बिक रहेका छन् ।

शनिवारै एमाले निटक पेशागत संगठन अखिल नेपाल शिक्षक संगठनको डोटीको १३औं जिल्ला अधिवशेन सम्पन्न भएको छ । अधिवेशनले कमिटीको अध्यक्षमा पदमराज उपाध्यायलाई सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्ष तारा धामी, महिलातर्फ उपाध्यक्ष भुवन बम मल्ल, सचिव योगेन्द्र मल्ल र कोषाध्यक्ष क्षेत्र खड्कासहित २३ सदस्यीय कमिटी चयन गरेको अध्यक्ष उपाध्यायले जानकारी दिए । आईतवार बसेको नवनिर्वाचित कमिटीको पहिलो बैठकले चार जनालाई जिल्ला कमिटीमा मनोनित गरेको समेत उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?