+
+

टिपरको ठक्करबाट युवतीको मृत्यु, सुर्खेतको छिन्चु बजार तनावग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १४:५२

७ चैत, सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको छिन्चु बजार तनावग्रस्त बनेको छ । मृतकका आफन्तले राहतसहित दोषीलाई कारबाहीको माग गर्दै सोमबार दिउँसोदेखि छिन्चु बजार र यातायात बन्द गरेका छन् ।

बजारसँगै सुर्खेत–नेपालगञ्ज सडक खण्डसमेत बन्द छ । ५ चैतमा लेकवेशी नगरपालिका–५ नेटाकी १७ वर्षीया लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट वीरेन्द्रनगरमा मृत्यु भएको थियो ।

वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाइकललाई भे १ ख ३१०२ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । मोटरसाइकलमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । मोटरसाइकल चालक लेकबेशी नगरपालिका–८ सुर्खेतका २२ वर्षीय मिलन विकसँगै टिपर र चालक बर्दियाको बाँसगढी नगरपालिका–५ का ३१ वर्षीय राजु थापा मगरलाई प्रहरीले पक्रेको छ ।

सडक खुलाउन छलफल

घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दुईपक्षीय छलफल भै रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । उनका अनुसार डीएसपी घर्तीको टोली बाटो र बजार खुलाउँन छिन्चु बजारे पुगेको छ ।

‘दुईपक्षीय छलफल चलिरहेको छ, डीएसपी सहितको टोली घटना स्थलमा पुगेको छ, केही बेरमा बोटो र बजार खुल्छ’ प्रजिअ रिजालले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?