+
+

कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु, राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १५:३१

७ चैत, धनगढी । कैलालीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१० को चुुहामा लु १ ख ८९३० नम्बरको ट्रकले सु.प.प्र ०१–००९ प ३९२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालक स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले रावलको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्युु भएको जानकारी दिए । ठक्कर दिने ट्रक र चालक सुर्खेतको वराहाताल गाउँपालिका– १० का ३१ वर्षीय बुद्धिराम सुनारलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । घाइते रावलको उपचारका क्रममा मृत्युु भएलगत्तै बिहान ११ बजेदेखि स्थानीयले राजमार्गमा प्रर्दशनसहित अवरुद्ध पारेका छन् ।

स्थानीयको अवरोधका कारण पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । अहिले पीडित पक्षसँग इलाका प्रहरी कार्यालय लम्कीमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?