+
+

जगदम्बाले सुपर साइन र ग्याल्भा प्लसका जस्तापाता तेस्रो देशमा निर्यात गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १७:००

काठमाडौं । जगदम्बा स्टिलले जगदम्बा सुपर साइन र ग्याल्भा प्लसका जस्तापाता तेस्रो मुलुकमा निर्यात गर्न सुरु गरेको छ ।

कम्पनीका अनुसार रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा जगदम्बा सुपर साइन र ग्याल्भा प्लस जस्तापाताको उच्च माग रहेको र आपूर्ति पनि हुन थालेको छ ।

जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै “सीआर सिट एन्ड कोइल्स”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।

उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तरको निरन्तता प्रति कम्पनी प्रतिवद्धता रहेको र उपभोक्तालाई नै प्रथम प्राथमिकतामा राखेको कम्पनीका प्रवक्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?