+
+

उपराष्ट्रपतिद्वारा ‘स्वर्णिम रहस्य’को विमोचन, स्वर्णिम युगको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते २२:०३

६ चैत, काठमाडौं । अष्ट्रेलियामा रहेका अभियन्ता खेमनाथ शर्माले लेखेको किताब ‘स्वर्णिम रहस्य’को नेपालमा विमोचन गरिएको छ ।

आइतबार एक विशेष समारोहकाबीच उपराष्ट्रपति निवास लैनचौरमा विमोचन गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन र सहभागीहरुले संयुुक्तरुपमा स्वर्णिम रहस्यको विमोचन गरेका हुन् ।

साथै, उपराष्ट्रपछि पुनले सोही किताबको नामबाट सञ्चालनमा ल्याइएको स्वर्णिम युुग फाउण्डेशनको पनि उद्घाटन गरेका छन् ।

फाउण्डेशनको वेवसाइट www.swornim.org सार्वजनिक गरेर उद्घाटन गरेका हुन् ।

क्तिाव विमोचन र फाण्डेशनको उद्घाटन गर्दै उनले सह्रानीय अभियानको सुुरुआत भएको बताए ।

सबै बालबालिकाले शिक्षा पाउनुु पर्ने भन्दै उनले यो अभियानले बालबालिकाको शिक्षामा सहयोग हुने विश्वास व्यक्त गरे ।

एनले सबैले आआफ्नो ठाउँबाट शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग गर्नुुपर्ने बताए ।

साथै, स्वर्णिम रहस्य पुुस्तक सबैले पढ्नुपर्ने किताब भएको बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले शिक्षा सबैभन्दा बलियो हतियार भएको भन्दै आफ्नो क्षेत्रबाट यो अभियानलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले यो अभियानले समाज रुपान्तरणका लागि सहयोग गर्ने बताइन् । राज्यको सफलताका लागि सहयोग हुुने भन्दै उनले सहयोग र समन्वयका लागि सरकार सधैं तयार रहेको बताइन् ।

कार्यक्रममा फाउण्डेशनका तर्फबाट सहयोग प्राप्त विद्यालय बाल सारथीकी संरक्षक माला हरेलले सहयोगले सडक बालबालिकालाई निःशुल्क पढाउन सहयोग मिलेको बताइन् ।

कार्यक्रममा फाउण्डेशनका निर्देशक खेम लकाइले स्वर्णिय रहस्य पुस्तकको बारेमा चर्चा गरेका थिए । उनले दैनिक जीवनमा गर्नुुपर्ने कामलाई सहज बनाउने विषयवस्तुु किताबमा समेटिएको बताए । बाह्य सफाइ जस्तै भित्री मन पनि सफा हुनुुपर्छ भन्ने सन्देश किताबमा दिइएको उनले बताए ।

लेखक शर्माले कोरोनाकालको बन्दाबन्दीको समयलाई अवसरको रुपमा लिंदै किताब लेखेको बताए । उनले किताब बिक्रीबाट आएको रकम नेपालमा समाजसेवामै खर्च गरिरहेको समेत बताए ।

फाउण्डेशनका अध्यक्ष मनऋषि धितालले फाउण्डेशनले पाँच सिद्धान्त सम्पर्क, उत्प्ररेरण, सहभागिता, लगानी र प्रोत्साहनलाई अवलम्बन गरको बताए । उनका अनुसार हालसम्म पाँच विद्यालयमा फाउण्डेशनले शैक्षिक सामग्री उपहार उपलब्ध गराइसकेको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष भवनभट्ट, अधिकारकर्मी मोहना अन्सारीलगायत १५० वढी विभिन्न क्षेत्रका व्यक्ति र अभियन्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?