+
+

लेटाङ घटना अनुसन्धानका लागि १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते २०:३०

७ चैत, विराटनगर । मोरङको लेटाङ नगरपालिका– ५ मा प्रहरीको हत्या र विद्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

सोमबार १२ जना पक्राउ परेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेको संख्या बढ्नेछ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको उनले बताए ।

उनका अनुसार सोमबार लेटाङमा कर्फ्यू आदेशको उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएका १२ जना साँझ रिहा भएका छन् ।

कक्षा ७ मा पढ्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि आइतबार साँझ आक्रमण गरेको थियो ।

घरेलु हतियारसहित आएको समूहको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो । २९ प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका थिए ।

आइतबारको घटनापछि थप क्षति हुन नदिन स्थानीय प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालका लागि कर्फ्यू जारी गरेको थियो । सोमबार प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितको टोलीले घटनाको स्थलगत अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?