+
+

निर्मल पूर्जाको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ नारायणगढमा प्रदर्शन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १२:४०
लण्डनस्थित गिनिज मुख्यालयमा चारवटा विश्व रेकर्डको प्रमाणपत्र ग्रहण गरेपछि निर्मल पूर्जा

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पूर्जाले आफ्नो चर्चित नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’लाई नारायणगढमा प्रदर्शन गर्ने जनाएका छन् ।

बिहीबार बेलुका ४ बजे यो फिल्मलाई निर्मलले नारायणी नदी किनारमा प्रदर्शन गर्न लागेका हुन् । नारायणगढ उनको गृहनगर पनि हो, जहाँ उनको परिवार बसोबास गर्छ ।

सोमबार लण्डनस्थित गिनिज मुख्यालयमा चारवटा विश्व रेकर्डको प्रमाणपत्र ग्रहण गरेपछि उनले फिल्म प्रदर्शनबारे जानकारी दिएका हुन् । ‘अन्ततः मेरो गृहनगरमा फिल्म प्रदर्शन हुँदैछ, म निकै उत्साहित छु,’ उनले भनेका छन् ।

निर्मलको यो डकुमेन्ट्री बाफ्टा फिल्म अवार्डमा समेत मनोनित भएको थियो । साथै, रिलिजको सात दिनमा फिल्मले नेटफिल्क्समा अहिलेसम्म सबैभन्दा बढी स्ट्रिमिङ हुने आठौं स्थानमा रेकर्ड समेत राखेको थियो ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाललाई १८९ दिनमा चढेर पूर्जाले कीर्तिमान राखेका थिए । नेटफिल्क्सले ११९ मुलुकका २१ करोड पेड मेम्बरमाझ यो फिल्मलाई ३१ भाषामा स्ट्रिमिङ गरेको थियो ।

३८ वर्षअघि धौलागिरि हिमालको फेदमा जन्मिएका पूर्जाले सञ्चालन गरेको प्रोजेक्ट ‘पसिबल’ अभियान २०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहणसँगै सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?