+
+

सरिता थुलुङलाई पारा खेलाडीको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १५:५२

८ चैत, काठमाडौं । पारा पौडीकी सरीता थुलुङलाई एनएसजेएफ पल्सर पारा स्पोर्टस सम्मान–२०७७ प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा मंगलबार पारा खेलाडीतर्फ थुलुङलाई सम्मान गरिएको हो । उनले ५० हजार नगद पुरस्कार पाएकी छन् ।

सुनसरीकी ३८ वर्षीया थुलुङले पौडीमात्र नभई पारा फुटबल, पावर लिफ्टिङ र ह्वीलचियर बास्केटबलकी पनि राष्ट्रिय खेलाडी हुन् । ३ वर्षको उमेरमा पोलियो लागेपछि एउटा खुट्टा गुमाएकी थुलुङले पछिल्लो एक दशकदेखि पारा खेलकुद सुरु गरेकी हुन् ।

सरिताले सिंगापुरमा विश्व च्याम्पियनसिप सिरिज र बेलायतमा पारा पौडीको विश्व च्याम्यिनसिप खेलिसकेकी छन् । टोकियो पारा ओलम्पिकमा पारा ओलम्पिक कमिटीका पदाधिकारीको लापरबाहीका कारण उनले सहभागिता जनाउन पाएकी थिइनन् ।

गीतसंगीत र नृत्यमा सौखिन सरिताले छिट्टै एउटा गीत सार्वजनिक गर्ने तयारी गरेकी छन् । त्यसबाहेक नेपालमै नमूना ह्वीलनियर नृत्यको प्रशिक्षकसमेत रहेकी उनी फरक क्षमता भएकाहरुका लागि प्रेरणा बन्ने लक्ष्यअनुसार अगाडि बढेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?