+
+

मीनभवन मार्गमा निर्मित सामुदायिक भवनको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १६:०९

८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ मीनभवन मार्गमा सामुदायिक भवन निर्माण भएको छ । संघ, प्रदेश, स्थानीय तह र स्थानीयबासीको संयुक्त लगानीमा सामुदायिक भवन निर्माण भएको हो ।

करिब ५ आना क्षेत्रफलमा निर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । भवनको उद्घाटन महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रदेश सभा सदस्य गणेश दुलाल, वडाध्यक्ष नारायण भण्डारीलगायतले संयुक्त रुपमा गरेका छन् ।

भवनको उद्घाटन गर्दै मेयर शाक्यले दुःखको समयमा साथ दिने व्यक्ति नै सच्चा सहयोगी हुने बताए । उनले भने, ‘किरियापुत्री भवन दुःख व्यवस्थापनमा साथ दिने ठाउँ हो । यस प्रकारका ठाउँको सञ्चालन र व्यवस्थापनमा संवेदनशील हुनुपर्छ ।’

‘व्यक्ति मरिसकेपछि उसका गुण खोज्न थालिन्छ । यदि कोही गुणी छ । प्रतिभाशाली छ । योग्य छ । क्षमतावान छ भने यसको क्षमतालाई ऊ जीवितै भएका बेला सम्मान गरौँ । मृत्युपश्चात गरिने प्रशंशाभन्दा मृत्यु अघि नै गरिएको सम्मान धेरै प्रभावकारी हुन्छ’ शाक्यले भने ।

भवन निर्माणका लागि सांसद प्रकाशमान सिंह, प्रदेश सभा सदस्य गणेश दुलाल, पूर्व सांसद राधेश्याम अधिकारी, संविधान सभा सदस्य कल्याणी रिजाल र सावित्रा भुसाल, पूर्वसांसद कृष्णा अमात्य लगायतले सहयोग गरेका थिए । भवन निर्माणका लागि स्थानीय सामाजिक संघ संस्था र व्यक्तिगत रुपमा पनि आर्थिक सहयोग गरेका थिए ।

भवनमा आवश्यक पर्ने फर्निचर, भाँडाकुँडा, लत्ताकपडा, ग्याँस, हिटर, चुलो लगायतक करिब १६ लाख रुपैयाँ बराबरका भौतिक सामग्री महानगरले उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?