+
+

स्व. शरदचन्द्र शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १७:०९
राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव शरदचन्द्र शाहलाई मरोपरान्त दिइएको लाइफटाइम अचिभमेन्ट अवार्ड ग्रहण गर्दै उनकी पत्नी  रेणु शाह। तस्वीर : आर्यन धिमाल

८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले गरेको बजाज पल्सर स्पोर्टस अवार्डमा शाहलाई अवार्ड प्रदान गरिएको हो । स्वर्गिय शाहकी पत्नी  रेणु शाहले यो अवार्ड ग्रहण गरिन् ।

शाह २०३३ सालदेखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भएका थिए । आधुनिक नेपाली खेलकुदको सुरुवातकर्ता मानिने शाहकै पहलमा दशरथ रंगशालाको स्तर उन्नतीसहित पाँचै विकास क्षेत्रमा रंगशाला निर्माण भएको थियो ।

गुणस्तरिय खेलकुदलाई सँगै अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका शाह राखेपलाई अहिलेको संरचनामा ल्याउने मुख्य पात्र पनि हुन् ।

२०४४ साल फागुन २९ मा दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ती जोद्धा क्लबबीच फुटबलको त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल चल्दै गर्दा हावाहुरीले भागदौड हुँदा ७३ जनाको मृत्यु भएको थियो ।

राखेपका तत्कालिन अध्यक्ष रहेका शिक्षा मन्त्री केशरबहादुर विष्ट र सदस्य सचिव शाहले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

शाहको २०६९ असारमा ६६ वर्षको उमेरमा सिंगापुरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?