+
+

एनिमेटेड फिल्मबारे तालिम दिन हलिउड कम्पनीले काठमाडौंमा एकेडेमी खोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १६:३७

काठमाडौं । हलिउड फिल्मको एनिमेसन निर्माण कम्पनी इन्सेसेन्ट रेनले एनिमेटेड फिल्म बनाउने तालिम सञ्चालन गर्न काठमाडौंमा एकेडेमी स्थापना गर्ने भएको छ ।

इन्सेसेन्ट रेन र ट्रु नर्थ एसोसिएट्सले एनिमेसन गर्ने जनशक्ति उत्पादन गर्न सहकार्यको घोषणा गरेका छन् । जसअनुसार एनिमेसन, भिजुअल इफेक्ट्स (भीएफएक्स) र फिल्म निर्माणमा जनशक्ति उत्पादन गर्ने एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो ।

इन्सेसेन्ट रेनले हलिउड फिल्ममा एनिमेसन लगायतका कार्य गर्दै आइरहेको छ । ट्रु नर्थ एसोसियट्स प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म हो । जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन मिलाउने उद्देश्यले एकेडेमी सञ्चालन गर्न लागिएको जनाइएको छ ।

एकेडेमीले एनिमेसन, भिजुअल इफेक्ट (भीएफएक्स), फिल्म मेकिङ र उद्योगका लागि आवश्यक प्रोग्रामिङ तथा एप डेभलपमेन्टका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने अपेक्षा छ ।

इन्सेसेन्ट रेनका किरणभक्त जोशीले हलिउडमा लामो समयदेखि एनिमेसन र भीएफएक्स विधामा काम गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?