+
+

टेबल टेनिस खेलाडी एलिना महर्जनलाई पिपुल्स च्वाइस अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १७:०९

८ चैत, काठमाडौं । टेबल टेनिस खेलाडी एलिना महर्जनले पिपुल्स च्वाइस अवार्ड जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको बजाज पल्सर स्पोर्टस अवार्डमा उनले पिपुल च्वाईस अवार्ड जितेकी हुन् ।

खेल पत्रकार, प्रशिक्षकले दिएको मत, फेसबुकमा आएको लाइक र इसेवामार्फत गरिएको भोटिङमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले अवार्ड हात पारेकी हुन् ।

यो विधमा एलिनासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा,  क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए ।

खेल पत्रकार, प्रशिक्षकले दिएको मत, फेसबुकमा आएको लाइक र इसेवामार्फत गरिएको भोटिङमा एन्जिला दोश्रो र  कुशल तेश्रो स्थानमा रहे ।

स्पोर्टस अवार्डको इतिहासमा पिपुल्स च्वाईस अवार्ड एकै घरबाट दुई जनाले जितेका छन् । यसअघि एलिनाकी भाउजु नविता श्रेष्ठले यो अवार्ड जितेकी थिइन् ।

‘उत्कृष्ट खेलाडीहरुसँगै मनोनयमा पर्दा नै खुशी थिएँ’ अवार्ड हात पारेपछि एलिनाले भनिन् ‘आज अवार्ड न‌ जित्दा झन् खुशी भएँ । मेरो परिवार नेपाल पुलिस र एनएसजेएफलाई धन्यवाद । भोट गर्ने सबैलाई धन्यवाद । सबैको साथले सम्भव भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?