+
+

पुनर्कर्जाको व्यवस्थामा संशोधन, ब्याजदर ७ प्रतिशतसम्म पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १९:१३

८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीका कारण दिइँदै आएको सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्थाहरुमा परिवर्तन गरेको छ । यसअघि ५ प्रतिशतसम्म रहेको पुनर्कर्जाको ब्याजदर ७ प्रतिशतसम्म पुगेको छ ।

मंगलबार राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ को चौथो संशोधन जारी गर्दै लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र साधारण पुनर्कर्जाको ब्याजदर ७ प्रतिशतसम्म पुर्‍याएको हो । यस्तो कर्जा राष्ट्र बैंकले ४ प्रतिशतमै बैंकहरुलाई उपलब्ध गराउनेछ ।

विशेष पुनर्कर्जाको ब्याजदर भने बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत मात्रै लिन पाउनेछन् । यस्तो विशेष कर्जा राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशतमै दिनेछ ।

राष्ट्र बैंकका अनुसार एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन ।

प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोडको हुनेछ । एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।

बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुने व्यवस्था गरिएको छ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ऋणी ५० करोड रुपैयाँसम्म पुनर्कर्जा प्रदान गर्न सकिने छ । यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

हेर्नुस् राष्ट्र बैंकले जारी गरेको कार्यविधिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?