+
+
कमिसन विवाद  :

समस्या समाधानका लागि व्यवसायीसँग निगमले माग्यो जेठ मसान्तसम्मको समय

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते २०:०१

८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रीको कमिसन विवाद समाधान गर्न नेपाल आयल निगमले व्यवसायीसँग झण्डै तीन महिनाको समय मागेको छ ।

व्यवसायीको समस्या समाधान गर्न निगमले गठन गरेको आन्तरिक समितिले पत्राचार गर्दै तीन वटै व्यवसायिक संस्थाहरुलाई यस्तो आग्रह गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई पत्राचार गर्दै निगमले यस्तो आग्रह गरेको हो ।

‘निगम अहिले मूल्य वृद्धिको मारमा छ, हामीलाई जेठ मसान्तसम्मको समय दिनुस् भनेर पत्राचार गरेका छौं,’ प्रवक्ता उपाध्यायले भने, ‘व्यवसायीले कुरा बुझ्नु भएको छ ।’ व्यवसायीले उठाएको मागका सम्बन्धमा निगमको आन्तरिक समितिले बनाएको प्रतिवेदनमाथि मन्त्रालयको उच्चस्तरीय समितिले अध्ययन गरिरहेको पनि निगमले जनाएको छ ।

मन्त्रालयले गठन गरेको सहसचिव राधिका अर्याल नेतृत्वको समितिले मागका सम्बन्धमा सरकारको धारणा बनाउने पनि निगमले जनाएको छ । प्रतिशतमा दिइँदै आएको कमिसन यथावत राख्ने निगमको निर्णयविरुद्ध ६ चैतदेखि व्यवसायीहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।

एलपी ग्याँस उद्योग संघले आइतबारदेखि नै खाना पकाउने ग्यासको पीडीओ उठाउन रोकेका छन् । व्यवसायीले आन्दोलनको घोषणा गरे पनि ग्याँसको आयातमा भने कुनै समस्या नरहेको निगमले जनाएको छ । आइतबार नाकाबाट नियमित जस्तै १०८ बुलेट ग्याँस भित्रिएको थियो । यस्तै सोमबार ९० बुलेट ग्याँस भित्रिएको निगमका साहायक प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । व्यवसायीले आन्दोलनको घोषणा गरे पनि एक महिनाका लागि पुग्नेगरी पीडीओ यसअघि नै जारी भइसकेको निगमको ग्याँस विभागले जनाएको छ ।

पीडीओ नउठाउने आन्दोलनकै बीच सोमबार वीरगञ्जबाट १२, भैरहवाबाट ५ वटा पीडीओ जारी भएको निगमले जनाएको छ । मंगलबार साँझसम्म विराटनगरबाट ६, वीरगञ्जबाट ३ र भैरहवाबाट ४ वटा पीडीओ जारी भइसकेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?