+
+

श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते २०:०१

८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाइबाट एक श्रीमान्‌को ज्यान गएको छ ।

मंगलबार बेलुकी घरायसी विवादका क्रममा ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

श्रीमतीको कुटाइबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको रिमालले बताए । मृतककी श्रीमती विकलाई मकवानपुर प्रहरीले पक्रेको छ । घटनाको अनुसन्धान गर्न प्रहरीटोली अहिले घटनास्थलमा गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?