+
+

पृथ्वीसुब्बासँग बाबुरामको प्रस्ताव : स्थानीय निर्वाचनमा मिलेर जाऔं

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते २२:४५

८ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन भनेर बस्ने अवस्था नरहेको बताएका छन् ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पूर्वप्रधानमन्त्री भट्टराईले स्थानीय चुनावमा मिलेर जाने बातावरण बनाउनुपर्ने बताएका हुन् । ‘केपी ओलीले संविधानमाथि संकट ल्याउन लाग्यो भनेर लागेकै हो । प्रतिगमन भनेकै हो । तर अब प्रतिगमन भनेर बसिरहनु पर्दैन’, भट्टराईले भनेका थिए । एमालेविरुद्ध गठबन्धन बनाएरै लागेपनि अब नयाँ परिस्थिति अनुसार निर्णय लिनुपर्ने भट्टराईले बताएका थिए ।

उपमहासचिव गुरुङसँग डा.भट्टराईले स्थानीय तहको चुनावमा मिलेर जान सकिने बताएका हुन् । ‘स्थानीय तहमा गठबन्धन (सत्ता गठबन्धन) भनिरहनु पर्दैन, हामी मिलेर जानुपर्छ’, भट्टराईले भनेका थिए ।

जवाफमा गुरुङले पनि एमाले तयार रहेको बताए । ‘हामी पनि स्थानीय चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्ने भन्ने पक्षमै छौं’, उपमहासचिव गुरुङले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईको निवासमा उपमहासचिव गुरुङसँग भेटवार्ता भएको थियो । गुरुङसँग भएको भेटर्वार्ताको तस्वीर भट्टराईले सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?