+
+

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, २ अर्बको मात्रै कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १५:१९

९ चैत, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ३६ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव २२ अंकले घटेर ४९५ दशमलव ११ अंकमा झरेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि सुस्ताएको छ । कारोबार रकम लामो समय पछि २ अर्बमै सीमित भएको छ ।

२९ हजार ६७६ कारोबारबाट २२६ धितोपत्रका ३९ लाख ८५ हजार ५७४ कारोबारबाट २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?