+
+

एमाले नेता रञ्जु ठाकुर जसपामा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १६:१८

९ चैत, सप्तरी । लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेकी नेता रञ्जु ठाकुर जनता समाजवादी (जसपा) मा प्रवेश गरेकी छन् ।

जसपाले बुधबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनी जसपा प्रवेश गरेकी हुन् । यसअघि एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत भएकी थिइन् ।

साे अवसरमा सप्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण प्रधानसहितका पनि जसपा प्रवेश गरे ।

बुधबार आयाेजित कार्यक्रममा उनीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?