+
+

कोरोनाले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर गरेको छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १८:१९
Photo Credit : RSS

९ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताएका छन् ।

बुधबार काठमाडौंको चन्द्रागिरिमा दीगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताए ।

प्रधानमन्त्री देउवाले पर्वतीय स्रोतहरुको संरक्षण गर्न अत्यावश्यक रहेको पनि बताए । नेपालले पनि यो वर्ष हिमालका सम्भावनालाई उजागर गर्नका निम्ति विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले अन्तर्राष्ट्रिय वर्षको अवसरमा मुस्ताङमा ‘माउण्टेन एड्भोकेसी समिट’ गर्न लागेको पनि जानकारी दिए ।

‘कोभिड–१९ महामारीले हामी सबैलाई पिरोलेको छ । यसबाट कोही अछुतो छैनन् । यसले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘पर्यटन उद्योग गम्भीर रूपमा अवरुद्ध भएको छ । अब नेपालसहितका हिमाली देशहरुले गुमेको अर्थतन्त्र पुनःपाउनलाई अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक पर्छ ।’

रोजगारीका अवसरहरू सिर्जना गर्न र दीगो पूर्वाधारहरूको विकास सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्नका लागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको भन्दै त्यसको पक्षमा तत्काल कदम चाल्न आवश्यक रहेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?