+
+

जोरपाटी-साँखु सडक पिच गर्न माग गर्दै थलीमा बाटो अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ८:३७

१० चैत, काठमाडौं । जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे (पिच) गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् । त्यसैले थली सडकखण्डमा सन्चालन हुने सबै सवारी साधनहरूलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ ।

यसैगरी ललितपुरको सातदोबाटो–चापागाउँ सडकखण्डमा पनि स्थानीयले यातायात अवागमन अवरुद्ध पारेका छन् । सडक कालोपत्रे गर्न माग गर्दै स्थानीय सो सडकखण्ड अवरुद्ध पारेको आज लगातार तेस्रो दिन हो ।

चिबहाल र सुनाकोठीमा बाँसका भाटा तेर्स्याएर स्थानीयले सडक बन्द गराउँदा सवारी आवागमन प्रभावित भएको छ । ठेकदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पूर्णरुपले नसकिएसम्म सवारी साधन चल्ने नदिने स्थानीयले बताएका छन् ।

त्यसैले सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैबीच नागढुंगाभन्दा तल नाग मन्दिरमा बस बिग्रिएका कारण ट्राफिक जाम भएको छ । हाल सवारी साधनलाई एक लेनमा आलोपालो सन्चालन गराइएकाले नागढुंगा नाका हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?