+
+

पीएनजीसँगको खेलअघि प्रशिक्षक दशानायकेले भने : युवा खेलाडीलाई अवसर दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १७:१५

१० चैत, काठमाडौं । नेपाल र पपुवा न्यूगिनी (पीएनजी) बीच शुक्रबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताअघि बिहीबार गरिएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले आफूहरु प्रतियोगिताका लागि तयार रहेको बताए ।

नेपालले पीएनजीसँग शुक्रबार र शनिबार गरी दुई अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ भने सोमबारदेखि नेपाल, पीएनजी र मलेसिया सम्मिलिति टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला कीर्तिपुरमै हुनेछ । जहाँ पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्नेछ । टी-२० श्रृङ्खलामा एक टिमले अर्को टिमसँग दुई-दुई खेल खेल्नेछ ।

युवा खेलाडीलाई अवसर पाउने 

मुख्य प्रशिक्षक दशानायकेले यो प्रतियोगितामा युवा खेलाडीलाई अवसर दिने बताए । ‘हामी टिम बनाउने चरणमा नै छौं । मुख्य प्रतियोगिताअघि यो काम महत्वपूर्ण हुन्छ’ उनले भने, ‘युवा क्षमतावान खेलाडीहरु टिममा छन् । हामी सिरिजका लागि तयार छौं ।’

नेपालका कप्तान सन्दीप लामिछानेले यो प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर दिने बताए । ‘यसले नयाँ खेलाडीलाई अवसर दिनेछ । लामो यात्राका लागि प्ल्याटफर्म हुनेछ’ उनले भने ।

युएईमा आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला खेलेर नेपाल र पीएनजी बुधबार मात्र काठमाडौं आइपुगेका थिए । पछिल्लो एक महिना लगातार क्रिकेट खेल्दै आएको नेपालले घरेलु मैदानमा दुई वर्षपछि नेपालमै खेल्न लागेको हो ।

नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा कीर्तिपुरमा नेपाल, ओमान र अमेरिका सम्मिलित लिग टू को श्रृङ्खला खेलेको थियो ।

नेपाल क्रिकेट संघ क्यानले पहिलो पल्ट बाइलाटरल सिरिज आयोजना गर्ने लागेको भन्दै क्यानका कार्यवाहक महासिचव प्रशान्त मल्लले यो श्रृंखलालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अनुमति दिएको जानकारी दिए ।

१ करोड ४२ लाख खर्च लाग्ने

क्यानले नेपाल र पीएनजीबीचको एक दिवसीय तथा मलेसियासिहतको टी-२० श्रृंखला आयोजनाका लागि १ करोड ४२ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने बताएको छ ।

नेपाल र पीएनजीबीच हुने एक दिवसीय अन्तर्राष्ट्रियमा म्यान अफ दि म्याचले १५० डलर पुरस्कार पाउने क्यानका कोषाध्यक्ष रोसन सिंहले जनाकारी दिए । म्यान अफ दि सिरिजले ३०० डलर पुरस्कार पाउने छन् । त्यस्तै टी-२० सिरिजमा म्यान अफ दि म्याचले १०० डलर र म्यान अफ दि सिरिजले ५०० डलर पुरस्कार पाउने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?