+
+

डाबर नेपालले पायो मरिच आयातको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १८:१८

१० चैत, काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले मरिच आयातको अनुमति पाएको छ । सरकारले औद्योगिक प्रयोजनका लागि आयात फुकुवा गरेसँगै मरिच आयातको अनुमति पाउने डाबर नेपाल पहिलो कम्पनी हो । उद्योग विभागको सिफारिसमा डाबर नेपाललाई मरिच आयातको अनुमति दिइएको वाणिज्य विभागले जनाएको छ ।

डाबर नेपालको मागअनुससार ७० मेट्रिकटन मरिच आयातका लागि अनुमति दिइएको विभागका एक अधिकारीले बताए । कम्पनीले उत्पादन गर्ने खाद्य र पौष्टिक आहारमा कच्चा पदार्थका लागि प्रयोग गर्न मरिचको आयात अनुमति दिइएको हो ।

गत २६ फागुनमा सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ, मरिच र छोकडाको आयात अनुमति दिने निर्णय गरेको थियो ।

डाबर नेपालले उद्योग विभागका दिएको निवेदनका आधारमा विभागबाट भएको सिफारिस बमोजिम यो वर्ष पहिलो पटक मरिच आयातको अनुमति पाएको विभागको भनाइ छ ।

मरिच आयात कै लागि उद्योग विभागबाट वाणिज्यमा वाईवाई चाउचाउ उत्पादक चौधरी समूह र रारा चाउचाउ उत्पादक हिमशिखर फूड्सको पनि निवेदन परेको छ । तर, ती कम्पनीले माग गरेको मरिचको परिमाण निकै कम रहेको विभागले जनाएको छ ।

केराउ, सुपारी र छोकडा आयातमा भने उद्योगबाट कुनै सिफारिस नआएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?