+
+

बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते ११:५२

११ चैत, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन् ।

मैनालीका अनुसार उनलाई दाउले प्रहार गरेर हत्या गरेको पाइएको मैनालीले बताए । ‘गएराति पौने १२ बजे सामान्य घरायसी विवादमा घटना भएको रहेछ, गम्भीर घाइतेलाई तकाल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको थियो’ उनले भने, ‘तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।’

घटनालगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?