+
+

जनकपुरधामबाट चार वर्षीया बालिका बेपत्ता

मधेश प्रदेशको राजधानी जनकपुरधामबाट एक ४ वर्षीया बालिका घरबाटै बेपत्ता भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १२:२०

११ चैत, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट एक ४ वर्षीया बालिका घरबाटै बेपत्ता भएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ पुल्चोक निवासी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझदेखि घरबाटै हराएकी हुन् । घरमा खेल्दै गरेको अवस्थामा बालिका हराएपछि घरमा रुवाबासी चलेको छ ।

बालिकाको परिवारजनका अनुसार आफ्नै आँगनमा खेलिरहेकी बालिका बिहीबार साँझ ६ बजेदेखि हराएकी हुन् । उनलाई कसैले चोरी गरेर लगेको हुन सक्ने स्थानीयको आशंका छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले हराएकी बालिकाको खोजी तीव्र रुपमा भइरहेको बताएका छन् ।

करिब डेढ महिनाअघि जनकपुरधाममा एक जना बच्चा चोरी भएको घटना सार्वजनिक भएको थियो ।

२७ माघमा जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने अमीर राइनका ७ महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर लग्दै गरेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?