+
+

लगातार विकेटले नेपाल दबाबमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १४:३८

११ चैत, काठमाडौं। पीएनजी विरुद्ध २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएपछि दबाबमा परेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा नेपालले दुवै ओपनर कुशल भुर्तेल र अनिल शाहलाई गुमाइसकेको छ भने डेब्युटान्ट देव खनाल पनि आउट भए ।

कुशलले २८ बलमा ३२ रन बनाए । यस्तै चार वर्षपछि राष्ट्रिय टिममा फर्केका अनिल ६ रन बनाएर आउट भए । यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय मा डेब्यु गरेका देव खाता नखोली आउट भए ।

पीएनजीका नर्मन भानुअले २ तथा नोसिना पोकनाले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेट गुमाएर २९२ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?