+
+

कांग्रेस प्रदेश सभापतिहरुको निष्कर्ष : गठबन्धनको अधिकार स्थानीय तहलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १४:४७

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकअघि बसेको ७ प्रदेशका सभापतिहरुको बैठकले यस्तो माग गरेका हुन् । बैठकले आफूहरुलाई पदेन सदस्यका रुपमा केन्द्रीय सदस्यको मान्यता दिन र प्रोटोकल टुंग्याउन पनि माग गरेको प्रदेश १ का सभापति उद्धव थापाले जानकारी दिए ।

थापाका अनुसार बैठकले प्रदेश सभापतिलाई केन्द्रीय सदस्य बैठकमा पदेन सदस्यको रूपमा मान्यता दिनुपर्ने माग  पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?