+
+

श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठको ‘ब्रेकअप’ !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १६:०९

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठले रिलेसनसिपलाई सार्वजनिक रुपमा स्वीकार गरेनन् । तर उनीहरुको सम्बन्धको चर्चाले भने स्थान पायो ।

अब यी दुईबीचको सम्बन्धमा दरार आएको खबर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । भारतका मूलधारका मिडियाले श्रद्धा र रोहनबीच ब्रेकअप भएको खबर प्रकाशित गरेका छन् ।

बिहीबार श्रद्धाले ‘और सुनाओ’ क्याप्सन लेख्दै इन्स्टाग्राममा तस्वीर सेयर गरेपछि उनीहरुको ब्रेकअपको अड्कलबाजी सुरु भएको थियो । सात वर्षदेखि रोहन र श्रद्धा गम्भीर प्रेममा थिए ।

यी दुईबीच ब्रेकअप हुनुको कारण खुलाइएको त छैन, तर मिडिया विवरणका अनुसार गोवामा हालै सम्पन्न श्रद्धाको बर्थडेको पार्टीमा रोहन नपुगेपछि दरार सुरु भएको थियो ।

गत वर्ष यी दुईबीच विवाह हुने पनि चर्चा थियो । रोहनका बाबु राकेश श्रेष्ठ बलिउडका चर्चित फोटोग्राफर हुन् । उनकी आमा जिन रोड्रिग्युज एयर इन्डियाकी एयर होस्टेस थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?