+
+

५० वर्षदेखि अर्थतन्त्रको समस्या उस्तै छ : भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १६:५७
डा. बाबुराम भट्टराई/फाइल तस्वीर

११ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली अर्थतन्त्रमा ४०/५० वर्षदेखि उस्तै समस्या रहेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा तथ्यांकहरुले देखाउँदा देखाउँदै पनि समाधान हुन नसकेको बताएका हुन् ।

‘धेरै पहिलेदेखि हामीले तथ्यांक हेरिरहेका छौं, तथ्यांकले समस्या देखाउँछ तर समाधान देखाउँदैन’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अर्थशास्त्री सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘तथ्यांकले ह्वाट भन्ने हो, हाउ र ह्वाई भन्ने कुरा देखाउँदैन, तथ्यांक हेरेर समस्या छ भनेरमात्रै बस्नु भएन ।’

नेपालको अर्थतन्त्र धेरै पहिलेदेखि उस्तै रहेको तर नेपाल भन्दा कमजोर रहेका देशहरु धेरै माथि गइरहेको नउले बताए । भुटान र बंगलादेशको उदाहरण दिँदै उनले भने, ‘कोरिया जस्ता अरु देशको कुरा छौडौं, नजिकैका साना देशहरुले नेपाललाई उछिनेर अघि बढिसके ।’

पछिल्लो समय युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता रहेको भन्दै उनले भविष्यमा बुढापाकामात्रै नेपालमा बस्ने दिने आउनसक्ने बताए ।

समाजवाद उन्मुख अर्थतन्त्र भन्ने शब्दका विषयमा केही अर्थशास्त्रीहरुले निकै जोड गरेको भन्दै उनले यस्ता शब्दावली राख्नुको अर्थ पनि नरहेको बताए ।

आफू माओवादीको जल्दोबल्दो नेताको रुपमा रहँदा समाजवाद नै चाहिन्छ भन्ने र अरु पार्टीकाले उदारवाद चाहिन्छ भनेको भन्दै सबैलाई मिलाउनका लागि बीचको शब्दको रुपमा समाजवाद उन्मुख भन्ने शब्द तयार गरिएको उनले बताए । ‘समाजवाद भनेको परको कुरा हो त्यतातिर जाने भनेको हो, अहिले नै समाजवाद भन्ने हो भने त्यहाँ पुग्नै गाह्रो हुन्छ’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?