+
+

आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १७:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले उक्त प्रशिक्षणको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।

नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी पाठशालाको स्थापना गरिएको बताए ।

आगामी दिनहरुमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरुमार्फत अभिकर्ता र कर्मचारीहरुका लागि नियमित तालिम एवं सेमिनारहरु सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका सञ्चालकहरु राम अवतार अग्रवाल र विमलप्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी, विभागीय प्रमुखहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?