+
+

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते २०:३६

११ चैत, दाङ । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरका सह–चालक सुनिलस्मृति गाउँपालिका-५ का २० वर्षीय खुमे थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।

दुर्घटनामा ट्याक्टरका चालक सुनिलस्मृति गाउँपालिका–३ का २४ वर्षका यमराज विष्ट गम्भीर घाइते भएका छन् । घाइते चालकको थप उपचारको लागी बुटवल लगिएको डिएसपी घिमिरेले बताए ।

रोल्पाको सुलिचौरबाट बालुवा लिएर गजुल काप्रा भन्ने स्थानमा जानेक्रममा शुक्रवार सुनिलस्मृति गाउँपालिका–३ लोबाङस्थित कच्ची सडकमा ट्क्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट करिव ६० मिटर तल खसेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?