+
+

बल्खुमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

गौशालामा कारको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १२:४६

१३ चैत, काठमाडौं । काठमाडौंको बल्खुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान नै गौशालामा कारको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

बल्खु–सातदोबाटो खण्डमा आज बिहान करिब २ बजे बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धादिङ घर भएका ३१ वर्षीय मोटरसाइकल चालक नवीन न्यौपानेको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । न्यौपाने सातदोबाटो प्रहरी वृत्तमा कार्यरत थिए । सो दुर्घटनामा अर्का प्रहरी जवान तनहुँका सुमन सिंह घाइते छन् ।

गौशालामा कारले पैदलयात्रीलाई ठक्कर दियो

यसैगरी काठमाडौंको गौशालामा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । चाबहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान करिब साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारको क्रममा मृत्यु बिहान पौने आठ बजेतिर भएको थियो । मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?