+
+

केन्द्रीय समितिले तालमेलकै निर्णय गर्छः नेता पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १७:१४

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको जारी केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनमा तालमेल कै निर्णय गर्ने बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरागर्दै नेता पौडेलले बैठकमा सबैजसो केन्द्रीय सदस्यले तालमेलकै पक्षमा मत राखेको बताए ।

‘केन्द्रले सैद्धान्तिक वा नीतिगत निर्णय गर्ने न हो। तालमेल कुन तरिकाले गर्ने बाँकी कुरा तल्लो तहको नै टुङ्ग्याउछन्,’ उनले भने, ‘सबैजसो केन्द्रीय सदस्यको सुझाव तालमेल गर्नुपर्छ भन्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?