+
+

डोटीमा २३ हजार मतदाता थपिए

रामहरि ओझा रामहरि ओझा
२०७८ चैत १४ गते १२:१२

१४ चैत, डोटी । डोटी जिल्लामा जनसंख्या घट्दो क्रममा देखिएपनि मतदाता संख्या बढ्दो क्रममा रहेको छ ।

माघ चौथो साता केन्द्रीय तथ्याङ्क बिभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार जिल्लाको जनसंख्या घटेको देखिएको थियो । ०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या दुई लाख ११ हजार सात सय ४६ रहेकोमा पछिल्लो जनणनाले दुई लाख पाँच हजार ६ सय ८३ मात्र देखाएको छ ।

जनसंख्या घटेको भए पनि पछिल्लो पाँच वर्षमा जिल्लाको मतदाता भने करीव २२.७६ प्रतिशतले वृद्धि भएको छ । २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख एक हजार एक सय १६ मतदाता रहेकामा २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख २४ हजार १४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिए । यस आधारमा करीव पाँच बर्षको अवधिमा २२ हजार नौ सय ९८ मतदाता थपिएका छन् ।

जनगणनाको प्रारम्भिक नतिजाले जनसंख्या घटेको स्थानीय तहहरुमा पनि मतदाता संख्यामा उल्लेख वृद्धि भएको छ । शिखर नगरपालिकाको जनसंख्या दुई हजार ३२ ले घटेको छ । यस नगरपालिकामा तीन हजार पाँच सय १९ मतदाता थपिएका छन् । हाल शिखरको मतदाता संख्या २० हजार ६ सय ३५ पुगेको छ ।

जनगणनाले बडीकेदार गाउँपालिकाको जनसंख्या पनि घटेको देखाएको छ । तर गतवर्ष स्थानीय तहको निर्वाचन भन्दा एक हजार सात सय ८४ मतदाता थपिएका छन् । हाल यस गाउँपालिकाको मतदाता संख्या नौ हजार तीन सय ८३ पुगेको छ ।

बोगटान फुड्सिल गाउँपालिकाको जनसंख्या साविकको भन्दा एक हजार नौ सय ९४ ले घटेको जनगणनाको प्रारम्भिक तथ्याङ्कले देखाउँछ । यस गाउँपालिकामा एक हजार ६ सय ८२ मतदाता थपिएका छन् । अब बोगटान फुड्सिल गाउँपालिकामा मतदाता संख्या १० हजार एक सय १० पुगेको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जोरायल गाउँपालिकाको जनसंख्या पनि नौ सय ३२ ले घटेको जनगणनाको प्रारम्भिक नतिजाले देखाउँछ । यस पालिकाको मतदाता संख्या भने दुई हजार दुई सय तीन जनाले वृद्धि भएको छ । यस गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा ११ हजार एक सय ४५ मतदाता रहेकामा हाल १३ हजार तीन सय ४८ पुगेको छ ।

जनगणनाको प्रारम्भिक नतिजाले ७३ जनाको संख्या घटेको देखाएको केआई सिंह गाउँपालिकामा पनि मतदाता संख्यामा उल्लेख्य वृद्धि भएको छ । यस गाउँपालिकामा गत निर्वाचन भन्दा दुई हजार नौ सय ८७ मतदाता थपिएर १३ हजार एक सय ६३ मतदाता पुगेका छन् ।

पूर्वीचौकी गाउँपालिकाको जनसंख्या वृद्धिदर पनि ऋणत्मक रहेको जनगणनाको प्रारम्भिक नतिजाले देखाउँछ । ०६८ को जनगणनाभन्दा पछिल्लो जनगणनामा यस गाउँपालिकाको जनसंख्या एक हजार दुई सय २६ ले घटेको छ । तर, मतदाता संख्यामा एक हजार नौ सय ६० ले वृद्धि भएको छ । हाल पूर्वीचौकीमा १३ हजार ६३ मतदाता रहेका छन् ।

जनगणना अनुसार थोरै जनसंख्या वृद्धि भएको देखिएका स्थानीय तहहरुमा पनि मतदाता संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ । ०६८ को जनजणना भन्दा दिपायल सिलगढी नगरपालिकाको जनसंख्या आठ सय ३८ ले वृद्धि भएको छ । यस नगरपालिकाको मतदाता संख्यामा भने तीन हजार आठ सय २४ ले वृद्धि भएको छ । हाल यस नगरपालिकाको जनसंख्या १८ हजार नौ सय २९ पुगेको छ ।

आदर्श गाउँपालिकाको जनसंख्या पनि ०६८ को जनगणना भन्दा चार सय २९ ले बढेको छ । यस गाउँपालिकाको मतदाता संख्यामा भने पछिल्लो निर्वाचनको भन्दा तीन हजार ३८ मतदाता बढेका छन् । यस गाउँपालिकाको कुल मतदाता संख्या १४ हजार चार सय ५४ पुगेको छ ।

सायल गाउँपालिकाको जनसंख्यामा १० बर्षको अवधिमा पाँच सय ५० जना थपिएका थिए । मतदाता संख्यामा करीव पाँच बर्षको अवधिमा यस गाउँपालिकामा दुई हजार एकले वृद्धि भएको छ । हाल यस गाउँपालिका १० हजार नौ सय २९ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?