+
+

जेरार्डले गरे जाभीको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १२:४०

१४ चैत, काठमाडौं । इंग्लिस पूर्व फुटबलर स्टेफन जेरार्डले बार्सिलोनाले उपयुक्त व्यक्तिलाई प्रशिक्षणको जिम्मेवारी दिएको भन्दै जाभी हर्नान्डेजको प्रशंसा गरेका छन् ।

इंग्लिस प्रिमियर लिग क्लब एष्टन भिल्लाका प्रशिक्षक जेरार्डले रोनाल्ड कोम्यानलाई प्रतिस्थापन गर्न क्याम्प नोउमा जाभी सबैभन्दा उपयुक्त व्यक्ति भएको भन्दै बार्सिलोनाले सही निर्णय गरेको बताए ।

‘मेरो विचारमा जाभीजस्तो प्रतिभालाई पहिचान गर्नु बार्सिलोनाको सुझबुझपूर्ण निर्णय हो,’ जेरार्डले भने, ‘उनी यस्ता व्यक्ति हुन् जसको डीएनएमै बार्सिलोना छ । उनी लामो समयसम्म विश्वस्तरीय खेलाडीका रुपमा थिए ।’

उनी क्लबको त्यो शैलीबारे जानकार छन् जुन बार्सिलोनाका हरेक नागरिक देख्न चाहन्छन् । र, कठिन केहि वर्षपछि बार्सिलोना त्यहीँ पुग्न लागेको छ जहाँ उनीहरु हुनुपर्छ,’ जेरार्डले थपे ।

पछिल्लो अवे खेलमा बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । पछिल्ला केही सिजन कमजोर देखिएको बार्सिलोनाले एल क्लासिकोमा भने आफ्नो विरासत यही खेलबाट फिर्ता गरेको छ । ‘बार्सिलोनाको प्रशंसकका रुपमा क्लबले लगातार राम्रो प्रदर्शन गरिरहेकोमा मलाई खुसी लागेको छ,’ जेरार्डले भने ।

शनिबार बार्सिलोना र लिभरपुल लिजेण्डबीच एनफिल्डमा प्रतिस्पर्धा भएको थियो । इंग्ल्याण्ड र लिभरपुलका पूर्व स्टार जेरार्ड पनि सो खेलमा सहभागी थिए । बार्सिलोना फाउण्डेसन र एलएफसी फाउण्डेसनले फरक फरक च्यारिटीका लागि आयोजना गरेको खेल बार्सिलोना लिजेण्डले २–१ गोलअन्तरले जितेको थियो । बार्सिलोनाका लागि जियोभान्नी शिल्भा र रिभाल्डोले गोल गर्दा लिभरपुलका लागि जेरार्डले गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?