+
+

नेप्से परिसूचकसँगै सुस्तायो सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १५:१९

१४ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा सोमबार सेयर कारोबार रकम समेत घटेको छ । नेप्से परिसूचक २९ दशमलव ९८ अंकले घटेर २ हजार ५ सय ४२ दशमलव २८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले घटेको छ । नेप्सेले २५ वाणिज्य बैंकसहित ३६ कम्पनीहरुलाई ‘क’ वर्गमा राखेको छ । नेप्से परिसूचक सुस्ताउँदा यसको असर सेयर कारोबार रकममा समेत परेको छ ।

आइतबार करिब ५ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार २ अर्ब ५४ करोडमै रोकिएको छ । दिनभर भएका ४२ हजार ७१२ कारोबारबाट २३१ धितोपत्रका ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?