+
+

डेब्यु फिल्म ‘वरवधु’मा कस्तो छ हिमेशको भूमिका ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १६:४२

काठमाडौं । हिमेश पन्तको करिअरमा नयाँ मोड आएको छ । स्ट्यान्डअप कमेडीबाट उनी फिल्मको पर्दामा डेब्यु गर्ने तयारीमा छन् ।

मिलन चाम्सले निर्देशन गर्न लागेको सोसल ड्रामा ‘वरवधु’मा हिमेश एक महत्वपूर्ण भूमिकामा देखिंदैछन् । उनी गैरआवासीय नेपाली (एनआरएन)को भूमिकामा देखा पर्दैछन् ।

वैशाख ३ गतेदेखि रोमानिया र टर्कीमा छायांकन हुने तयारीमा रहेको फिल्मबारे आफू उत्साहित रहेको उनले बताए । ‘सानैदेखि नै फिल्ममा लाग्ने सोच थियो । स्ट्यान्डअप कमेडी र फिल्मलाई सँगै अघि बढाउँछु,’ अनलाइनखबरसँग उनले भने ।

निर्देशक चाम्सले पनि डेब्यु फिल्ममै हिमेश महत्वपूर्ण भूमिकामा देखिन लागेको बताए । ‘यो फिल्मले उसको करिअरलाई माथि लैजान्छ,’ उनले भने । ‘वरवधु’सँगै अन्य दुई फिल्ममा पनि काम गर्ने विषयमा कुराकानी भइरहेको हिमेशले बताए ।

हिमेश कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता समेत हुन् ।

एलआर इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘वरवधु’मा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायतको अभिनय रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?