+
+

६ वटै महानगरमा बढे मतदाता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १९:४३

१४ चैत, काठमाडौं । ६ वटै महानगरमा मतदाता बढेका छन् । निर्वाचन आयोगले दिएको विवरण अनुसार २०७४ सालको स्थानीय तहको चुनावको तुलनामा यो पटक मतदाता बढेका हुन् ।

६ वटा महागरपालिकामध्ये सबैभन्दा धेरै पोखरा महागरपालिकामा ३९ हजार भन्दा बढी मतदाता बढेका छन् ।

२०७४ सालमा महिला ९० हजार ६८६ र पुरुष ७७ हजार ३८१ गरी पोखरामा कूल एक लाख ६८ हजार ६९ जना मतदाता थिए ।

पाँच वर्षको अवधिमा बढेर महिला मतदाता एक लाख १० हजार ६४१ र पुरुष ९७ हजार ७० जना गरी कूल दुई लाख सात हजार ७१२ पुगेका छन् । अर्थात, पोखरा महागरपालिकामा पाँच वर्षको अवधिमा ३९ हजार ६४३ मतदाता बढेका छन् ।

३९ हजार ६४३ मतदाता पोखरा महानगरपालिकामा महिला मतदाता १९ हजार ९५५ ले बढेको देखिन्छ । पुरुष पनि १९ हजार ६८९ ले बढेका छन् ।

पोखरापछि चितवनको भरतपुर महानगरपालिकामा मतदाता बढेका छन् । २०७४ सालमा महिला ७९ हजार ९२ र पुरुष ७१ हजार १८१ गरी कूल एक लाख ५० हजार २७४ मतदाता थिए । २०७९ सालसम्म आइपुग्दा यो संख्या बढेर एक लाख ८५ हजार ७५२ पुगेको छ ।

निर्वाचन आयोगले दिएको विवरण अनुसार वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकामा ९६ हजार ८६७ महिला र ८८ हजार ८८४ पुरुषले भोट हाल्न पाउँछन् । यो तथ्याङ्कले भरतपुर महानगरपालिकामा पाँच वर्षको अवधिमा ३५ हजार ४७८ मतदाता बढेको देखाउँछ ।

काठमाडौं र विराटनगर महानगरपालिकामा भने समान रुपमा मतदाता बढेको पाइएको छ । काठमाडौं महानगरपालिकामा २० हजार ९३३ र विराटनगरमा १९ हजार ३८१ मतदाता बढेका छन् ।

२०७४ सालमा काठमाडौंमा महिला मतदाता एक लाख ४४ हजार ६३८ र पुरुष मतदाता एक लाख ३४ हजार ६६९ मतदाता थिए । २०७९ सालमा आइपुग्दा महिला मतदाता एक लाख ५५ हजार ८७८ र पुरुष मतदाता एक लाख ४४ हजार ३६३ गरी कूल तीन लाख २४२ पुगेको छ ।

विराटनगरमा २०७४ सालको चुनावमा ५३ हजार २२५ जना महिला र ६० हजार ५३६ जना पुरुष गरी कूल एक लाख १३ हजार ७६१ मतदाता थिए । अहिले बढेर महिला मतदाता ६२ हजार ६१८ र पुरुष मतदाता ७० हजार ५२४ गरी कूल एक लाख ३३ हजार १४२ पुगेका छन् ।

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा पाँच वर्षको अवधिमा १६ हजार १४६ जना मतदाता बढेका छन् ।

वीरगञ्जमा २०७४ सालमा महिला ४६ हजार ८३२ र पुरुष ६१ हजार ६६६ गरी जम्मा एक लाख आठ हजार ५०१ मतदाता थिए । अहिले बढेर महिला ५३ हजार ८३३ र पुरुष ७० हजार ८१० गरी कूल एक लाख २४ हजार ६४७ पुगेका छन् ।
पाँच वर्षको अवधिमा सबैभन्दा कम मतदाता बढेको महानगरपालिका हो– ललितपुर । जहाँ १० हजार २६८ जना थपिएका छन् ।

ललितपुर महागरपालिकामा २०७४ सालको चुनावमा महिला ५८ हजार ३३३ र पुरुष ५४ हजार ५८९ गरी जम्मा एक लाख १२ हजार ९२२ मतदता थिए । अहिले बढेर महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९० पुगेका छन् ।

हेर्नुहोस् कुन महानगरमा कति मतदाता ? 

क्र. सं महानगर २०७४ २०७९ बढेको संख्या
पोखरा महिला : ९०६८६

पुरुष : ७७३८१

जम्मा : १६८०६९

महिला : ११०६४१

पुरुष : ९७०७०

जम्मा : २०७७१२

३९,६४३
भरतपुर महिला : ७९०९२

पुरुष : ७११८१

जम्मा : १५०२७४

महिला : ९६८६७

पुरुष : ८८८८४

जम्मा : १८५७५२

३५,४७८
काठमाडौं महिला : १४४६३८

पुरुष : १३४६६९

जम्मा : २७९३०९

महिला : १५५८७८

पुरुष : १४४३६३

जम्मा : ३००२४२

२०,९३३
विराटनगर महिला : १४४६३८

पुरुष : १३४६६९

जम्मा : २७९३०९

महिला : ६२६१८

पुरुष : ७०५२४

जम्मा :१३३१४२

१९,३८१
वीरगञ्ज महिला : ४६८३२

पुरुष : ६१६६६

जम्मा : १०८५०१

महिला : ५३८३३

पुरुष : ७०८१०

जम्मा : १२४६४७

१६,१४६
ललितपुर महिला : ५८३३३

पुरुष : ५४५८९

जम्मा : ११२९२२

महिला : ६३४३७

पुरुष : ५९४५३

जम्मा : १२२८९०

१०,२६८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?