+
+

धनुषामा मोटरसाइकल दुर्घटना, ४ बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते २१:३२

१४ चैत, जनकपुरधाम । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिए ।

आफैं अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमा ५ जना घाइते भएका थिए ।

घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएपनि चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव रहेको डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा सबैला २ का १९ बर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । ‘दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन’ जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता बस्नेतले भने, ‘घाइतेको भनाइलाई मान्ने हो भने पाँचै जना सवार भएको मोटरसाइकल दुर्घटना भएको छ ।’

यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?