+
+

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १५:५०

१५ चैत, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार स्थानीय तिनट्टे भन्ने ठाउँमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौरीगङ्गा नगरपालिका–४ कैलाली घर भएका ट्याक्टर चालक ज्ञानबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा अछामको चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल घाइते भएका छन् र उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?