+
+

स्मार्टच्वाइस टेक्नोलोजिज र एनआईसी एसिया बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १६:१४

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एनआईसी एसिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार विभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायीहरूले एनआईसी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् ।

ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।

विगत २० वर्षदेखि विभिन्न भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र एनआईसी एसियाबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?