+
+

चोभारको बन्दरगाहमा भित्रिने मालबाहक सवारीका लागि रुट निर्धारण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १६:३६

१५ चैत, काठमाडौं । सञ्चालनको तयारीमा रहेको काठमाडौंको चोभार सुख्खा बन्दरगाह भित्रिने मालबाहक सवारी साधनको रुट तय भएको छ ।

भन्सार विभागले भारतर्फका पाँच प्रमुख नाकाबाट आन्तरिक परिवहनको सुविधा अन्तर्गत स्थलमार्ग हुँदै सवारी साधन भित्रिने सडक मार्ग तोकेको हो । निर्धारित रुटअनुसार सबै सीमा क्षेत्रका नाकाबाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै सुख्खा बन्दरगाह प्रवेश गर्नु पर्नेछ ।

विभागले तय गरेको स्थलमार्गको रुटअनुसार मेची भन्सार कार्यालय कांकडभित्ताबाट काठमाडौं बन्दरगाहका लागि आउने मालबाहक सवारी साधन मेची, विर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

यस्तै विराटनगर भन्सार कार्यालय बुद्धनगर मोरङबाट छुटेको मालबाहक सवारी विराटनगर, दुहवी, इनरुवा बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाह सिर्सियाबाट छुटेको मालबाहक सवारी साधन सिर्सिया, परवानीपुर, पथलैया, हेटौंडा, नारयाणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीबाट छुट्ने मालबाहक गाडी बेलहीया, परासी, भुमही, बर्दघाट, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?