+
+

क्युबामा गँगटो आतंक ! घर-सडक कब्जा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १२:२९

कम्युनिष्ट मुलुक क्युबा पछिल्लो समय गँगटो आतंकबाट पीडित बनेको छ । गँगटोका झुण्डले क्युबाका धेरै तटीय क्षेत्रमा आतंक मच्चाइरहेका छन् । यस्तो लाग्दछ कि मानिससँग बदला लिनका लागि गँगटाहरू समुद्रबाट बाहिर निस्किएर वस्तीमा छिरिरहेका छन् ।

रातो, कालो, पहेंलो तथा सुन्तलालगायतका विभिन्न रङका गँगटाहरूले खाडीदेखि सडकसम्म र जंगलदेखि घरसम्म हरेक ठाउँमा कब्जा गरेका छन् ।

बे अफ पिग्स हालको गँगटा आतंकबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । हुनत क्युबामा समुद्रबाट जमिनमा गँगटा आउने कुरा नौलो होइन र यो हरेक वर्ष हुन्छ । तर, यसपटक गँगटाहरू निकै छिटो निस्किए । जसको तयारी स्थानीय सरकार तथा सर्वसाधारणहरूले गरेका थिएनन् । गँगटाको लागि कोरोनाकाल सबैभन्दा लाभदायी समय थियो ।

कोरोनाकालमा भएको लकडाउनका कारण दुई वर्षसम्म मानवीय गतिविधिहरू लगभग बन्द भए । जंगल, समुद्री क्षेत्र, सडक आदि ठाउँमा मानिसको आवजावत बन्द भयो । गँगटाहरूलाई प्रकृतिले मौका दियो र स्वतन्त्रता पनि । यसले गँगटालाई यत्रतत्र फैलिन र अधिकतम प्रजनन गर्ने मौका दियो । जसका कारण क्युबामा गँगटाको संख्या अत्यधिक बढ्न पुग्यो । संख्यामात्र होइन गँगटाको आकार पनि निकै बढेको छ ।

क्युबाको वातावरण मन्त्रालयका वैज्ञानिक रिनाल्डो सन्टानाका अनुसार यो वर्ष गँगटा किन छिटो बाहिर निस्किए भन्ने कुराको खोजी भैरहेको छ । कोरोना कालमा गँगटाको संख्या बढेर यस्तो भएको हो वा अन्य कुनै प्राकृतिक कारणले हो ? भनेर वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् ।

क्युबामा वसन्तु ऋतुमा हुने वर्षाको मज्जा लिन आएका पर्यटकहरू यस वर्ष भयानक गँगटो आतंकका कारण पीडित बनेका छन् ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?