+
+

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १५:३८

१६ चैत, काठमाडौं । केही दिनयता लगातार घटिरहेको सेयर बजार बुधबार भने उकालो लागेको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । नेप्से ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अंकले बढेको छ ।

मंगलबारको तुलनामा सेयर कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका ३६ हजार ८११ कारोबारबाट ४५ लाख २ हजार ५११ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सेयर कारोबार रकम २ अर्ब भन्दा कम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?