+
+

‘शमशेर’मा हिमेश र सुमनको यस्तो लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १६:५८

काठमाडौं । मनिष राउत र गौरव पहारीको मुख्य भूमिका रहने फिल्म ‘शमशेर’मा कमेडियन हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् ।

फिल्म निर्माण युनिटले उनीहरुको पात्र लुक्स सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । प्रमुख महिला अभिनेत्रीको भने खोजी भइरहेको जनाइएको छ ।

एक्सन जनरामा निर्माण गरिने यो फिल्ममा एभरेस्ट फिल्म एकेडेमी र डीआर डेनिम ब्यानरको लगानी हुनेछ । फिल्ममा हिमेश र सुमनको भूमिकाबारे उल्लेख नगरिएपनि उनीहरुको चरित्रबारे संकेत गरिएको छ ।

काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा छायांकन गरिने फिल्ममा सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?