+
+

अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १७:३३

१६ चैत, बागलुङ । प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मी रहेका छन् ।

प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र ४ राउण्ड गोली बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?