+
+

नोउ क्याम्पमा ‘जादूयी क्षण’, महिला फुटबलमा समर्थकको कीर्तिमानी उपस्थिति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १२:१२

१७ चैत, काठमाडौं । बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलसले क्याम्प नोउमा ९१ हजार ५५३ समर्थकको कीर्तिमानी उपस्थितिबीच खेल्न पाउनुलाई जादूयी अनुभवको रुपमा परिभाषित गरेकी छन् ।

प्रतिष्ठित रंगशालामा पहिलोपल्ट त्यति ठूलो भीडको अगाडि खेल्दा उनीहरुले समर्थकलाई निराश बनाएनन् । चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५–२ गोलअन्तरले हराएर बार्सिलोना वुमन्स च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । तर धेरैको ध्यान भने महिला फुटबलको क्लब खेलमा ६० हजार ७३९ जनाको कीर्तिमानलाई निकै पछि छाडेर नयाँ कीर्तिमान बन्नुले नै तान्यो ।

यो कीर्तिमान महिला क्लब फुटबलको मात्र होइन समग्र महिला फुटबलमै बनेको छ । २३ वर्षअघि सन् १९९९ मा महिला विश्वकपका क्रममा अमेरिकामा ९० हजार १९५ समर्थकको उपस्थिति थियो । नोउ क्याम्पमा पुरुष टोलीको प्रदर्शन हेरेर हुर्किएकी बेलोन डी’ओभर विजेता पुटेलसले यो मोहलबाट अचम्मित रहेको बताइन् ।

‘मेरो लागि यो जादूभन्दा कम कुरा होइन । खेल सकिएपछि पनि समर्थक घर जान चाहिरहेका थिएनन् । समर्थकसँगको हाम्रो सम्बन्धप्रति निकै खुसी छु,’ उनले भनिन्, ‘मैले त्यहाँ धेरै केटीहरु देखेँ, वालबालिकाको चम्किलो आँखामा सम्भावना देखेँ । इतिहासको हिस्सा बन्नु पनि आश्चर्यकै कुरा हो ।’

साविक विजेता बार्सिलोना क्वाटरफाइनलको दोस्रो लेगमा २–१ ले पछि परेको थियो । पुटेलससमेतले गोल गरेपछि बार्सिलोनाले खेल ५–२ ले जित्यो र समग्रमा ८–३ को नजितासहित सेमिफाइनलमा प्रवेश पायो ।

बार्सिलोनाका गोलकर्तामध्येकी एक इटाना बानमतीले भनिन्, ‘हामीले हालै च्याम्पियन्स लिग जितेर एउटा उत्कृष्ट अनुभव लिएका थियौं । तर, यो त्योभन्दा पनि विशेष थियो ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?