+
+

टस हारेर ब्याटिङ गर्दै नेपाल, आदिलको डेब्‍यू

त्रिकोणात्मक टी२० श्रृंखला अन्तर्गत आजको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १३:२०

१७ चैत, काठमाडौं । त्रिकोणात्मक टी२० श्रृंखला अन्तर्गत आजको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

श्रृंखलामा यसअघिका दुवै खेल जितेको नेपाल आजको खेल जित्दै फाइनलमा स्थान बनाउने योजनामा छ । टी२० अन्तर्राष्ट्रियमा नेपालको यो ५०औं खेल हो ।

यही खेलबाट यू१९ टिमका खेलाडी आदिल अन्सारीले सिनियर टिममा डेब्‍यू गर्दैछन् । आदिललाई राष्ट्रिय टिम छनोट समितिका प्रमुख दिपेन्द्र चौधरीले डेब्‍यू क्याप दिए ।

आजको खेलमा नेपालको टिममा एक परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा आदिल पहिलो रोजाईँमा खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?