+
+

फुटबलका २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १४:४७

१७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आसन्न एसियन कप छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

यसअघि थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि टिममा नभएका लिग च्याम्पियन मछिन्द्रका खेलाडी यसपल्ट समेटिएका छन् । अप्रिल १५ देखि बन्द प्रशिक्षण सुरु हुनेछ ।

चैत २२ गते नेपालको लिग च्याम्पियन मछिन्द्र एफसीले एएफसी कप क्वालिफायरको पहिलो चरणअन्तर्गत श्रीलंकाको ब्लुस्टार एफसीसँग खेल्दैछ । त्यस खेल जितेमा २९ गते भारतको मोहन बगानसँग खेल्नेछ ।

प्रशिक्षक अल्मुताइरीले सो खेल सकिएपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेका हुन् । एसियन कप छनोटमा समूह ए मा रहेको नेपालले जोर्डन, कुवेत र इण्डोनेसियासँग खेल्नुअघि दुई महिना विशेष प्रशिक्षण गर्नेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीः
किरणकुमार लिम्बु,
दीप कार्की
विशाल श्रेष्ठ
अनन्त तामाङ
अन्जन विष्ट
एरिक विष्ट
आयुश घलान
विकास खवास
विमल घर्तीमगर
दर्शन गुरुङ
देवेन्द्र तामाङ
दिनेश राजवंशी
गौतम श्रेष्ठ
मनिष डाँगी
नवयुग श्रेष्ठ
पुजन उपर्कोटी
रोहित चन्द
सन्तोष तामाङ
सुजल श्रेष्ठ
सुमन अर्याल
सुमन लामा
सुनील बल
सुरज जिउ ठकुरी
तेज तामाङ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?