+
+

पत्रकार पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १७:२८

१८ चैत, काठमाडौ । दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

दुबईमा रहेको नेपाली दुताबासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाई दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने सजायँ सुनाएसँगै उनी जेलमा छन् ।

जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रवार माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । उनलाई जेल पुर्‍याउनका लागि युएईस्थित नेपाली दुतावास नै लागि परेको आफन्तहरुले आरोप लगाएका छन् ।

युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको भन्दै उनको बिना सर।र्त रिहाई गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनमा सहभागी पिताम्बर भुसालले बताए ।

प्रदर्शनमा वाक स्वतन्त्रता हनन्ः लोकतन्त्रको उपहास, पराइ भुमिमाः आफ्नैबाट नागरिक असुरक्षित, परराष्ट्रको मौनताः राजदूतलाई हौसला लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?